स्रोत नखुलेको भारतीय रूपैयाँसहित एक जना पक्राउ

सप्तरीबाट स्रोत नखुलेको भारतीय रूपैयाँसहित एक जना पक्राउ परेका छन् । सप्तरी, तिलाठी कोईलाडी गाउँपालिका-१ खाडो खोलाबाट स्रोत नखुलेको भारतीय रूपैयाँ १ लाख ७० हजार ५ सयसहित प्रहरीले सोमबार राति एक जनालाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा भारत बंगाल कुचबिहार ग्राम पंचायत घोनापुर थाना बस्ने ४३ वर्षीय सफिक कुलहक रहेका छन् । प्रहरी चौकी तिलाठी र बिओपि तिलाठीबाट खटिएको संयुक्त टोलीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेको कुलहकलाई उक्त भारतीय रूपैयाँसहित फेला पारी पक्राउ गरेको हो ।



उनलाई आवश्यक अनुसन्धान एवम् कारवाहीको लागि आन्तरिक राजस्व अनुसन्धान कार्यालय इटहरी सुनसरी पठाइएको छ ।

सम्बन्धित समाचार