मृत अवस्थामा ३ जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा ३ जना फेला परेका छन् । पाल्पा, रैनादेवी छहरा गाउँपालिका-८ बुडीदमारस्थित खरबारीमा सोही ठाउँ बस्ने ३० वर्षीय हिम बहादुर राना बुधबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै काभ्रे, पाँचखाल नगरपालिका-१२ डेडभुमी बालुवास्थित एएस पशुपंक्षि एण्ड कृषी फर्ममा काम गरी बस्ने सुनसरी धरान उपमहानगरपालिका-१५ घर भएका ३८ वर्षीया सिता मगर आफ्नौ कोठामा बुधबार मृत अवस्थामा फेला परेका छन् ।



यस्तै काठमाडौं, बुढानिलकण्ठ नगरपालिका-१३ भद्रकाली मन्दिर नजिक हाल नाम, थर, वतन नखुलेका करिब ४० वर्षीय पुरुष बुधबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार