नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ चैत ।
पछिल्लो चौबीस घण्टामा नेपालमा १०६ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा २ हजार ४३६ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ४७६ जनाको पीसीआर परीक्षण गर्द ७४ जनामा र १ हजार ९६० जनाको एन्टीजेन परीक्षण गर्दा ३२ जनामा कोरोना पुष्टि भएका छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार २१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ४८ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८९ हजार ४६१ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४६९ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख १ हजार ९५१ र एन्टिजेन विधिबाट १ लाख ५२ हजार ६७९ जना पुगेको छ ।