नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ चैत ।

गोरखाको बालुवा केन्द्रविन्दु भएर भूकम्प गएको छ । मंगलबार साँझ गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर भूकम्प हयेको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार गोरखा जिल्लाको बालुवा केन्द्रविन्दु भएर मंगलबार साँझ ६ बजेर ५० मिनेटमा ४.१ म्याग्निच्युडको भूकम्प गएको हो ।
भूकम्पको धक्का गोरखा, लमजुङलगायतका जिल्लामा महसुस गरिएको थियो । यसअघि गत चैत १८ गते दोलखाको सुरी केन्द्रविन्दु भएर ५.२ र सोही दिन लमजुङको मालिङ केन्द्रविन्दु भएर ३.८ म्याग्निच्युडको भूकम्प गएको थियो ।

