कोरोनाको कारण एक जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ४४५

पछिल्लो चौबीस घण्टामा नेपालमा १२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने १ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २ हजार ३७७ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ६२० जनाको पीसीआर परीक्षण गर्द ५८ जनामा र १ हजार ७५७ जनाको एन्टीजेन परीक्षण गर्दा ६३ जनामा कोरोना पुष्टि भएका छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार २२ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ८१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८९ हजार ५४२ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या ४४५ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख २ हजार ९ र एन्टिजेन विधिबाट १ लाख ५२ हजार ७४२ जना पुगेको छ ।

 

सम्बन्धित समाचार