नवकान्तिपुर संवाददाता
काठमाडौं, ४ बैशाख ।
नेपालमा आयोजना हुने एसीसी पुरुष प्रिमियर कप क्रिकेट को लागि नेपाल क्रिकेट सङ्घ (क्यान) ले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको छ । आइतबार नेपाल क्रिकेट सङ्घ (क्यान) ले १४ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो ।
क्यानले रोहित पौडेलको कप्तानीमा १४ सदस्यीय टोलीको घोषणा गरेको हो । एसियन क्रिकेट काउन्सिल (एसीसी) को आयोजनामा हुने उक्त प्रतियोगिता यही वैशाख ५ गतेदेखि १८ गतेसम्म सञ्चालन हुनेछ । प्रतियोगिताका खेल कीर्तिपुरस्थित त्रिवि मैदान र मूलपानीमा रहेको क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।
प्रतियोगितामा विभिन्न १० राष्ट्रको सहभागिता रहने छ । दुई समूहमा विभाजन गरिएकोमा समूह ‘ए’ मा आयोजक नेपालसहित मलेसिया, साउदी अरेबिया, कतार र ओमान रहेका छन् भने समूह ‘बी’ मा बहराइन, कुवेत, सिङ्गापुर, हङकङ र युएई रहेका छन् । नेपालले यही वैशाख ५ गते मलेसियासँग खेल्दै प्रतियोगिताको उद्घाटन गर्नेछ ।
फाइनल खेलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुनेछ ।
नेपाली टोली
कप्तान रोहित पौडेल
कुशल भुर्तेल
भीम सार्की
आसिफ शेख
प्रतिष जिसी
ज्ञानेन्द्र मल्ल
ललित राजवंशी
कुशल मल्ल
आरिफ शेख
दीपेन्द्र सिंह ऐरी
गुलशन झा
सोमपाल कामी
करण केसी र सन्दीप लामिछाने
वैकल्पिक खेलाडी
किशोर महतो
अर्जुन साउद
सन्दीप जोरा र
सूर्य तामाङ