कोरोनाको कारण दुई जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ३९७

पछिल्लो चौबीस घण्टामा नेपालमा १७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने २ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा २ हजार २९२ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ९८० जनाको पीसीआर परीक्षण गर्द १०५ जनामा र १ हजार ३१२ जनाको एन्टीजेन परीक्षण गर्दा ६६ जनामा कोरोना पुष्टि भएका छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण २ जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार २५ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ८५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ८९ हजार ९२४ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३९७ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख २ हजार ३४६ र एन्टिजेन विधिबाट १ लाख ५३ हजार ८५ जना पुगेको छ ।

 

सम्बन्धित समाचार