एसिसी प्रिमियर कपमा हङकङको सुखद् सुरुवात

एसिसी प्रिमियर कपमा हङकङले सुखद् सुरुवात गरेको छ । मंगलबार भएको खेलमा हङकङले सिङ्गापुरलाई आठ विकेटले पराजित गर्दै प्रतियोगितामा सुखद् सुरुवात गरेको हो ।

मूलपानी क्रिकेट मैदानमा भएको खेलमा टस हारेर पहिले ब्याटिङ गरेको सिङ्गापुरले ४२ दशमलब १ ओभरमा अलआउट हुँदै १७४ रन बनाएको थियो । सिङ्गापुरका लागि आरित्र दक्तले ४९ रन बनाए भने आर्यन मोदीले २१ रन जोडे । त्यस्तै रमेश कालीमुथुले १८ रन बनाई आउट भए भने थिलिपन अमाइदुराइ र अभी दीक्षितले समान १२-१२ तथा सुरेन्द्रन चन्द्रमोहन र प्रशिन परमले समान १०-१० रन जोडे ।



हङकङका लागि एहसान खानले ४ विकेट लिए भने यासिम मूर्ताजाले ३ विकेट लिँदा मोहम्मद घनजफर, अइजाज खान र आयुष शुक्लाको भागमा समान १-१ विकेट रह्यो ।

सिङ्गापुरले दिएको १७५ रनको लक्ष्यलिएर मैदान उत्रेको हङकङले ३३ ओभरमा २ विकेट गुमाउँदै पूरा गर्यो । हङकङका लागि बाबर हायातले १०८ रनको शतकीय पारी खेले भने निजाकत खानले अर्धशतकीय योगदान गरे । सिङ्गापुरका लागि आरित्रदत्त र रमेश कालिमुथुले समान १- १ विकेट लिए ।

 

सम्बन्धित समाचार