कोरोनाको कारण एक जनाको मृत्यु, सक्रिय संक्रमितको संख्या ३६१   

पछिल्लो चौबीस घण्टामा नेपालमा ८२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १ हजार ६३४  जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ४९४ जनाको पीसीआर परीक्षण गर्द ३७ जनामा र १ हजार १४० जनाको एन्टीजेन परीक्षण गर्दा ४५ जनामा कोरोना पुष्टि भएका छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण एक जनाको मृत्यु भएको छ । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार २८ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ६५ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ९० हजार ४०२ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या ३६१ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख २ हजार ७९१ र एन्टिजेन विधिबाट १ लाख ५३ हजार ४४७ जना पुगेको छ ।

सम्बन्धित समाचार