नवकान्तिपुर संवाददाता
काठमाडौं, १५ बैशाख ।
भारतमा जारीइन्डियन प्रिमियर लिग(आईपीएल)मा राजस्थान रोयल्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा राजस्थानले चेन्नाई सुपर किंग्सलाई ३२ रनले पराजित गरेको हो ।
जारी प्रतियोगितामा राजस्थानको यो पाँचौं जित हो भने चेन्नाईको तेस्रो हार । राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो ।
राजस्थानका लागि ओपनर यशस्वी जैसवालले ७७ रनको अर्धशतकीय पारी खेले भने धुव्र जुरेलले ३४ रन जोडे ।त्यस्तै जस बटलरले २७ रन बनाई आयत भए भने देवदत्त पडिकल २३ रनमा अविजित रहे । चेन्नाईका लागि तुसारदेश पान्डेले २ विकेट लिए भने रविन्द्र जडेजा र महेश थिक्सनाको भागमा समान १-१ विकेट रह्यो ।
२०३ रनको लक्ष्य लिएर मैदान उत्रेको चेन्नाईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७० रन मात्र बनायो । चेन्नाईका लागि शिभम दुवेले ५२ रनको अर्धशतकीय पारी खेले भने टोलीलाई जित दिलाउन सकेनन् । यस्तै ऋतुराज गायकवाडले ४७ रन बनाए भने मोइन अली २३ र रविन्द्र जडेजा २३ रनमा अविजित रहे । राजस्थानका लागि एडम जाम्पाले ३ विकेट लिए भने रविचन्द्रन अश्विनले २ विकेट लिँदा जेसन होल्डर र कुलदिप यादवको भागमा समान १-१ विकेट रह्यो ।
पाँचौं जित निकालेको राजस्थान ८ खेलमा ५ जित र ३ हारका साथ १० अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ भने समान खेलमा पाँच जित र तीन हारका साथ १० अंक नै जोडेको चेन्नाई रन रेटमा पछि पर्दै तेस्रो स्थानमा झरेको छ ।