नवकान्तिपुर संवाददाता
काठमाडौं, १९ बैशाख ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ५५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १ हजर ७१८ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ३७५ जनाको पीसीआर परीक्षण गर्द १९ जनामा र १ हजार ५३८ जनाको एन्टीजेन परीक्षण गर्दा ३३ जनामा कोरोना पुष्टि भएका छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार ३० पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ५३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ९० हजार ७२२ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या २५२ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख ३ हजार ४ र एन्टिजेन विधिबाट १ लाख ५३ हजार ६३३ जना पुगेको छ ।