आईपीएलमा कोलकत्ताद्वारा हैदराबाद पराजित  

भारतमा जारी इन्डियन प्रिमियर लिग(आईपीएल)मा कोलकत्ता नाईट राईडर्स विजयी भएको छ । बिहीबार राति भएको खेलमा कोलकत्ताले सनराईजर्स हैदराबादलाई पाँच रनले पराजित गरेको हो ।

जारी प्रतियोगितामा कोलकत्ताको यो चौथो जित हो भने हैदरबद्को छैटौं हार । हैदराबादको घरेलु मैदान राजिब गान्धि अन्तराष्ट्रिय क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको कोलकत्ताले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १७१ रन बनाएको थियो ।



कोलकत्ताका लागि रिंकु सिंहले ४६ रन जोड्दा कप्तान नितिश राणाले ४२ रन बनाए । त्यस्तै आन्द्रे रसेल २४ रजेसन रोयले २० रनको योगदान दिए  । हैदराबादका लागि मार्को यानसन र टी नटराजनले समान २-२ विकेट लिए भने भुवनेश्वर कुमार, कार्तिक त्यागी, एडेन माक्ररम र मंयक मारकण्डेको भागमा समान १-१ विकेट रह्यो ।

१७२ रनको लक्ष्य लिएर मैदान उत्रेको  हैदराबादले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १६६ रन मात्र बनाउन सक्यो । हैदराबादका लागि कप्तान एडेन माक्ररमले ४१ रन बनाए भने हेनरिक क्लेशनले ३६ रन जोडे । यस्तै अब्दुल समादले २१ रन बनाई और भए भने राहुल त्रिपाटी र मंयक अग्रवालले समान १८-१८ रन जोडे ।

कोलकत्ताको लागि भैबभ अरोरा र शार्दुल ठाकुरले समान २-२ विकेट लिए भने  हर्षित राणा, अनुकुल रोय, वरुण चक्रवर्ती र आन्द्रे रसेलको भागमा समान १-१ विकेट रह्यो । चौथो जित दर्ता गरेको कोलकत्ता १० खेलमा ४ जित तथा ६ हारका साथ ८ अंक जोड्दै तालिकाको आठौं स्थानमा कायमै छ भने ९ खेलमा ३ जित र ६ हार सहित ६ अंक जोडेको हैदराबाद पुछारबाट दोस्रो स्थानमा रहेको छ ।

सम्बन्धित समाचार