आईपीएलमा हैदराबादद्वारा राजस्थान पराजित    

भारतमा जारी इन्डियन प्रिमियर लिग (आईपीएल)मा सनराइजर्स हैदराबाद विजयी भएको छ । आइतबार राति भएको खेलमा हैदराबादले राजस्थान रोयल्सलाई ४ विकेटले पराजित गरेको हो ।

राजस्थानको घरेलु मैदान सवाईमान सिंह क्रिकेट स्टेडियममा भएको खेलमा टस जितेर पहिले ब्याटिङ गरेको राजस्थानले निर्धारित २० ओभरमा २ विकेट गुमाउँदै २१४ रन बनाएको थियो । राजस्थानका लागि ओपनर जस बटलर र कप्तान सन्जु सामसनले अर्धशतकीय पारी खेल्दै क्रमश: ९५ र ६६ रन बनाए ।



त्यस्तै ओपनर यश्सवी जैसवालले ३५ रन बनाई आउट भए भने शिमरन हिटमायर ७ रनमा अविजित रहे । हैदराबादका लागि भुवनेश्वर कुमार र मार्को यानसनले समान १-१ विकेट लिए । २१५ रनको लक्ष्य लिएर मैदान उत्रेको हैदराबादले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै पूरा गर्यो ।

हैदराबादका लागि अभिषेक शर्माले ५५ रनको अर्धशतकीय पारी खेले भने राहुल त्रिपाठीले ४७ रन बनाए । यस्तैअनमोलप्रित सिंहले ३३ रन बनाई आउट भए भने हेनरिक केल्सनले २६ र ग्लेन फिलिप्सले २५ रन बनाए ।

राजस्थानका लागि युजभेन्द्र चहलले ४ विकेट लिए भने कुलदिप यादव र रविचन्द्रन आश्विनको भागमा समान १-१ विकेट रह्यो । जितसँगै हैदराबाद १० खेलमा ८ अंक जोड्दै नवौं स्थानमा उक्लिएको छ भने ११ खेलमा १० अंक जोडेको राजस्थान चौथो स्थानमा कायमै रहेको छ ।

सम्बन्धित समाचार