नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ बैशाख ।
पछिल्लो चौबीस घण्टामा नेपालमा १७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा ५०५ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ५०५ जनाको पीसीआर परीक्षण गर्द १७ जनामा र कसैको पनि एन्टीजेन परीक्षण गरिएको थिएन ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार ३१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज २३ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ९१ हजार २ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १४१ रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख ३ हजार १७४ र एन्टिजेन विधिबाट १ लाख ५३ हजार ८४७ जना पुगेको छ ।