नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ बैशाख ।
पछिल्लो चौबीस घण्टामा नेपालमा ३० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्न प्रयोगशालामा १ हजार ६३० जनाको नमूना परीक्षण गरिएको थियो । जसमा ८२० जनाको पीसीआर परीक्षण गर्द १० जनामा र ८१० जनाको एन्टीजेन परीक्षण गर्दा २० जनामा कोरोना पुष्टि भएका छ ।
त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार ३१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ३१ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ९१ हजार ३३ जना पुगेको छ ।
नेपालमा हाल सक्रिय संक्रमितको संख्या १२० रहेको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या पीसीआर विधिबाट १० लाख ३ हजार १८४ र एन्टिजेन विधिबाट १ लाख ५३ हजार ८६७ जना पुगेको छ ।