‘द भ्वाइस किड्स सिजन-२’ को उपाधि स्पन्दन सुब्बालाई

बाल गायन रियालिटी सो ‘द भ्वाइस किड्स सिजन-२’ को उपाधि स्पन्दन सुब्बाले जितेका छन् । शुक्रबार राति सम्पन्न फिनालेमा उनी विजेता घोषित भएका हुन् ।

उनले ट्रफीसहित नगद १५ लाख रुपैयाँ पुरस्कार पाएका छन् । फाइनलमा पुगेका ८ प्रतियोगीले गएराति आफ्नो अन्तिम प्रस्तुति दिएका थिए । आठ जना प्रतियोगीबाट दर्शकबाट प्राप्त मतका आधारमा स्पन्दनलाई विजेता घोषणा गरिएको आयोजकले जनाएको छ ।



स्पन्दन टिम प्रमोदमा आवद्ध थिए । भ्वाइस किड्समा टीम प्रमोदको यो लगातार जित हो ।

सम्बन्धित समाचार