मिस नेपाल–२०२३ को उपाधि श्रीच्छा प्रधानलाई

मिस नेपाल वर्ल्ड –२०२३ को उपाधि काठमाडौंकी श्रीच्छा प्रधानले हात पारेकी छिन् । शनिबार ललितपुरको गोदावरीमा सम्पन्न ग्रान्ड फिनालेमा २३ वर्षीया प्रधानले उपाधि हात पारेकी हुन् ।

फाइनलमा पुगेका २४ प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल–२०२३ को उपाधि चुमेकी हुन् । उनलाई अघिल्लो वर्षकी मिस नेपाल प्रियङ्कारानी जोशीले ताज पहिर्‍याइदिइन् ।  प्रधानले ‘फेस अफ द इयर’ र ‘मिस डीएचआई’ सहविधामा आफूलाई अब्बल सावित गरिन् । मिस नेपाल विजेता प्रधान काठमाडौँकी स्थायी बासिन्दा तथा वातावरण विज्ञानमा स्नातक अध्ययनरत विद्यार्थी हुन् ।



यसैगरी, मिस नेपाल इन्टरनेसनल–२०२३ प्रसिद्धी शाह र मिस नेपाल अर्थ–२०२३ रैना मजगैयाँ भएका छन् । द हिडन ट्रेजरले आयोजना गरेको प्रतियोगितामा विभिन्न १२ वटा सब–टाइटलमा विजेता पनि घोषणा गरिएको थियो ।

यसवर्ष नयाँ मिस नेपाल घोषणा गरिए पनि आगामी विश्व सुन्दरी प्रतियोगितामा मिस नेपाल २०२२ जोशीले नै सहभागिता जनाउने छिन् । नयाँ मिस नेपाललाई अर्को वर्षको मिस वल्र्डमा पठाइनेछ कम्पनीले जानकारी दिएको छ ।

सम्बन्धित समाचार