आज कति कोरोना संक्रमित थपिए ? यस्तो छ २४ घण्टाको विवरण

पछिल्लो चौबीस घण्टामा नेपालमा ३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने कसैको पनि मृत्यु भएको छैन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका विभिन्‍न प्रयोगशालामा १ हजार २१ जनाको नमूना परीक्षण गरिएको थियो । जसमा १६१ जनाको पीसीआर परीक्षण गर्द २ जनामा र ८६० जनाको एन्टीजेन परीक्षण गर्दा १ जनामा कोरोना पुष्टि भएका छ ।

त्यस्तै, चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु भएको छैन । नेपालमा हाल मृत्यु हुनेको संख्या १२ हजार ३१ पुगेको मन्त्रालयले जनाएको छ । यस्तै आज ७ जना कोरोना संक्रमित निको भई डिस्चार्ज भएका छन् । योसँगै हालसम्म निको हुनेको संख्या ९ लाख ९१ हजार २८३ जना पुगेको छ ।



नेपालमा हाल सक्रिय संक्रमितको संख्या २३ रहेको छ ।

सम्बन्धित समाचार