संयुक्त राज्य अमेरिकामा अध्ययनरत एक नेपाली छात्राको अनुभव

संयुक्त राज्य अमेरिकाको लस एन्जलसमा अवस्थित Accenture Song, a Multinational consultancy company मा एक Product and services बारे एक अनुसन्धानकर्ताको रूपमा मैले मानिसहरूसँग उनीहरूले प्रयोग गर्ने उत्पादन र सेवाहरूका बारेमा उनीहरूको दृष्टिकोण बुझ्ने काम गरिरहेकी छु ।

म उनीहरूसँगको अन्तरक्रियामार्फत उनीहरुको सोच, विचार, भावना तथा व्यवहार बारे जानकारी लिन्छु र आफ्ना ग्राहकहरूलाई कसरी गुणस्तरीय सेवा दिन सकिन्छ भन्ने बारेमा अन्य कम्पनीहरुलाई जानकारी वा सिफारिस दिने गर्दछु ।



यस काममा जनताको प्राथमिकता भएकोले यस विषयमा मेरो आकर्षण बढ्यो । मलाई यस क्षेत्रमो ज्यादै रुचि पनि जाग्दै गयो । जब म सानी थिएँ, म मेरो आमा, जो एक व्यस्त डाक्टर थिइन्, ले दिनभर देखेका र सेवा गरेका सबै बिरामीहरूको बारेमा जिज्ञासामा प्रश्न सोध्ने गर्थे । मलाई तिनीहरू आफ्नो हेरचाह र स्वास्थ्य सेवा लिनको लागि कहाँबाट आएका थिए जस्ता कुराहरू बारेमा सिक्न मन लाग्थ्यो । पछिल्ला वर्षहरूसम्म म जिज्ञासु बनिरहेँ । मैले मेरो शैक्षिक तथा व्यावसायिक रुचिहरू जगाउन ‘किन’ र ‘कसरी’ बुझ्नको लागि मेरो बौद्धिक क्षमता प्रयोग गरें ।

मैले राजनीतिशास्त्र अध्ययन गरेपछि र शिकागो विश्वविद्यालयमा मेरो मास्टर डिग्रीको लागि मिश्रित विधिहरूको अनुसन्धान परियोजना सञ्चालन गरेपछि, मसँग एउटा छनौट थियो– शैक्षिक मार्गमा जारी रहने वा नयाँ मार्गमा लाग्ने ? मेरो कामको सिलसिलामा मलाई सहयोग गर्ने मानिसहरूलाई म धन्यवाद दिन चाहन्छु जसका कारण मैले मेरा अगाडि रहेका अवसरहरू हेर्न र छान्न सक्षम भएँ ।

अहिले म मेरा सहकर्मीहरूको टोलीको सदस्यका रूपमा सहभागी हुन पाउँदा रोमाञ्चित भएकी छु । म मेरो सीप र अनुभवहरू प्रयोग गरेर कम्पनीहरूलाई उनीहरूका ग्राहकहरूको आवश्यकताहरू पूरा गर्न तथा उत्पादन र सेवाहरूका बारेमा आवश्यक डिजाइन गर्न मद्दत पुग्नेछ भन्ने मैले विश्वास लिएकी छु ।

– ओजश्वी सापकोटा

 

सम्बन्धित समाचार