नेपाल म्यानमारसँग पराजित

एएफसी २० वर्षमुनिको महिला एसियन कप छनोटको दोस्रो चरणअन्तर्गतको पहिलो खेलमा नेपाल पराजित भएको छ । मंगलबार भएको खेलमा नेपाल घरेलु टोली म्यानमारसँग ५-० लेपराजित भएको हो ।

म्यानमारको यानगोनस्थित युवुन्ना स्टेडियममा भएको एकतर्फी खेलमा म्यानमारको लागि यिन लुन इनले ह्याट्रिक गरिन् भने  जिन मोई पाए र युन वादीले समान १-१ गोल गरे । खेलको २३ औं मिनेटमा जिन मोईले गोल गर्दै म्यानमारलाई अग्रता दिलाएकी  थिइन् ।



त्यस्तै खेलको ४५ औं मिनेटमा यिन लुनले गोल गर्दै म्यानमारको अग्रता दोब्बर बनाइन् । पहिलो हाफमा २-० को अग्रता बनाएको म्यानमारले दोस्रो हाफमा थप तीन गोल गर्यो । खेलको ४६ औं मिनेटमा यिनको व्यक्तिगत दोस्रो गोल मार्फत्  म्यानमार ३-० ले अघि रह्यो । यस्तै खेलको ७० औं मिनेटमा युनले गोल गर्दै घरेलु टोलीलाइ  अग्रता ४-० को अग्रता दिलाइन् ।

त्यसपछि खेलको ९० औं मिनेटमा यिनले ह्याट्रिक पूरा गर्दै म्यानमारलाई ५-० को जित दिलाइन्  । छनोटको समूह ‘बी’ मा रहेको नेपालले अब दोस्रो खेलमा बिहीबार चीनको सामना गर्नेछ । त्यस्तै नेपालले अन्तिम खेलमा शनिबार चाईनिज ताइपेसँग खेल्नेछ।

प्यालेस्टाइनमा भएको पहिलो चरणको छनोटबाट नेपाल दोस्रो चरणमा पुगेको हो । समूह ‘बी’ मा रहेको नेपाल समूह विजेता बन्दै दोस्रो चरणमा पुगेको हो । प्यालेस्टाइनमा भएको पहिलो चरणको खेलमा घरेलु टोली प्यालेस्टाइन र उत्तरी मरियाना आइल्यान्डलाई समान ६–० गोल अन्तरले हराउँदै दोस्रो चरणमा प्रवेश गरेको हो ।

सम्बन्धित समाचार