बालेनद्वारा ‘जानकी भारतीय छोरी हुन्’ भन्ने शब्द नसच्याएसम्म महानगरभित्र हिन्दी फिल्म चल्न नदिने घोषणा

काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र साह (बालेन) ले भारतीय चलचित्र ‘आदिपुरूष’ मा समावेश केही शब्दलाई लिएर आपत्ति जनाएका छन् । बिहीबार सामाजिक सञ्जालमार्फत उनले उक्त चलचित्र प्रति आपत्ति जनाएका हुन् ।

उनले चलचित्र ‘आदिपुरूष’ मा समावेश भएको ‘जानकी भारतीय छोरी हुन्’ भन्ने आशयको शब्द नसच्चिएसम्म काठमाडौँ महानगरपालिकाभित्र कुनै पनि हिन्दी चलचित्र चल्न नदिने सामाजिक सञ्जाल फेसबुकमा भनेका छन् ।



तर महानगरपालिकाका सूचना अधिकारी वसन्त आचार्यले भने आफूलाई यससम्बन्धी पूर्ण जानकारी नभएको बताए । उनले भने, ‘म आज विभिन्न काममा व्यस्त थिएँ । हाललाई मसँग अन्य जानकारी छैन ।’

यस्तो छ बालेनको स्टाटस
दक्षिण भारतीय फिल्म ‘आदिपुरुष’मा समावेश ‘जानकी भारतीय छोरी हुन्’ भन्ने सब्द जबसम्म नेपालमा मात्र नभै भारतमा पनि सच्चिदैन तब सम्म काठमाडौ महानगर पालिका भित्र कुनै पनि हिन्दी फिल्म चल्न दिइने छैन ।
यो सच्याउन ३ दिनको समय दिइएको छ ।
माता सीताको जय होस ।

सम्बन्धित समाचार