सिंहदरबारमा हाजिर भेटिन्छ, भेटिँदैनन् कर्मचारी

मुख्य प्रशासनिक केन्द्र हो सिंहदरबार । सरकारी मुख्य काम मात्रै होइन, मुलुकको महत्त्वपूर्ण योजना नै यहीँ बन्छ, मन्त्रालयहरू नै यहीँ छन् । जहाँ काम गर्ने कर्मचारी नियमित त हुनुपर्छ नै अझै बढी जिम्मेवार पनि हुनुपर्छ। तर, बिहीबार राष्ट्रिय सर्तकर्ता केन्द्रले गरेको अनुगमनमा त्यस्तो पाइएन । १ सय २५ कर्मचारी नै मन्त्रालय र कार्यालयमा भेटिएनन्। केहीको हाजिर मात्रै भेटियो, कर्मचारी फेला परेनन् ।

सतर्कर्ता केन्द्रले बिहान १० बजेदेखि १२ बजेसम्म गरेको अनुगमनमा यस्तो पाइएको हो । कतिपय कर्मचारी त सिंहदरबारभित्र रहेको केन्द्रीय चमेना गृहमा अनाधिकृत व्यक्तिसँग बसेर गफ गरिरहेको भेटिएको सतर्कर्ता केन्द्रले जनाएको छ । केन्द्रका अनुसार नौ जना कर्मचारी त खाजा खान तोकिएको समयमा भन्दा बाहिरको समयमा अनाधिकृत व्यक्ति फेला परेका छन् ।



यसरी विभिन्न वाहानामा हाजिर गरी तत्कालै बाहिर निस्कने कर्मचारीको कार्यालयमा अनुपस्थितिको कारण सम्बन्धित निकायसँग माग गरी कारबाही अगाडि बढाउने केन्द्रका सहसचिव एवं प्रवक्ता ज्ञानराज सुवेदीले जानकारी दिए ।

केन्द्रले सार्वजनिक निकायहरूबाट हुने अनियमितता, ढिला सुस्ती, भ्रष्टाचार सम्बन्धमा उजुरी संकलन गर्ने गर्छ । त्यस्तै सार्वजनिक निकायहरूबाट प्रदान हुने सेवा प्रवाह प्रभावकारी तुल्याउन नियमन, अनुगमन गरी सुझाव, निर्देशन दिने कामा पनि केन्द्रले गर्दै आएको छ । सार्वजनिक पद धारण गरेका व्यक्तिहरूको सम्पत्ति र आयको अनुगमन गर्ने दायित्व पनि केन्द्रको हो तर यो दायित्वमा भने केन्द्र खरोरूपमा उत्रन सकेको छैन । आजको अन्नपूर्ण पोस्टमा समाचार छ ।

सम्बन्धित समाचार