युरोपमा भएको लोक साँस्कृतिक मेलामा एभरेष्ट नेपाल कल्चरल ग्रुपको गौरवमय प्रस्तुति

विगत लामो समयदेखि साँस्कृतिक आदान प्रदान गर्दै विश्वसामु नेपाललाई चिनाउँदै आएको ‘एभरेष्ट नेपाल कल्चरल ग्रुप’ ले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावा शहरमा आयोजित अन्तर्राष्ट्रिय लोक साँस्कृतिक मेलामा नेपालको तर्फबाट गौरवमय प्रस्तुति दिएर फर्किएको छ ।

चेक रिपब्लिकको प्ल्जेनमा जुन ७ देखि ११ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ७ राष्ट्र स्लोभाकियाको मियावा शहरमा जुन १३ देखि १९ सम्म आयोजना भएको मेलामा नेपालसहित विश्वका ८ राष्ट्रका साँस्कृतिक समूहहरू सहभागी भएका थिए भने स्लोभाकियाको विभिन्न ठाउँबाट आएका २० भन्दा बढीसमूहले भाग लिएका थिए ।



एभरेष्ट नेपाल कल्चरल ग्रुप

नेपालबाट एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला (रामचन्द्र) को नेतृत्वमा सहभागी हुन त्यतर्फ गएको टोलीमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका निर्देशक सीतल आचार्यको निर्देशन, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसीको नृत्य निर्देशन रहेको थियो भने संगीत संयोजन रामबहादुर भुजेलको रहेको थियो ।

टोलीले नेपालको परम्परागत लोक संस्कृति झल्काउने विभिन्न नृत्य प्रस्तुत गरेको थियो । उक्त मेलामा नेपालको तर्फबाट झ्याउरे, तामाङ, मारुनी, थाली, भैरव काली, धिमाल, कुमारी, लाखे, सोरठीलंगायत दर्जनौ नृत्यहरू प्रस्तुत गरिएको थियो ।

एभरेष्ट नेपाल कल्चरल ग्रुप

टोलीमा एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइराला, वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्यतर्फ नृत्य निर्देशक शम्भु शाही, कृष्ण रेउले, उत्तम शर्मा, भवानी कोइराला, चरिया गुरु चन्द्रमान मुनिकार, प्रमिला रिजाल, सपना महर्जन, गौरी ढकाल कोइराला, अनिशा श्रेष्ठ, चाहना राना मगर बाद्यबादन तथा गायक गायिकातर्फ वरिष्ठ बाँसुरीबादक रामबहादुर भुजेल, वरिष्ठ वाध्यबादक धनेश्वर तिवारी, वरिष्ठ लोक गायक रामप्रसाद पाण्डे, गायिका रीता बुढाथोकी भुजेल तथा प्रबन्धक डेकप्रसाद अधिकारी (गोपाल) लगायतको सहभागिता रहेको थियो ।

स्लोभाकियामा भएको मेलाको उद्घाटन नेपालको चरिया नृत्य भैरव कालीबाट भएको थियो भने समापन पनि नेपाली चरिया नृत्य कुमारीबाट भएको थियो । गु्रपका प्रमुख आरसी कोइरालाको सल्लाहमा आयोजकले नेपाली नृत्यबाट नै उद्घाटन र समापनको अवसर प्रदान गरेका थिए । नेपालको प्रस्तुतिलाई सबैले उत्कृष्ट मानेका थिए ।

एभरेष्ट नेपाल कल्चरल ग्रुप

सो अवसरमा समूहका प्रमुख आरसी कोइरालाले चेक रिपब्लिकको प्ल्जेन र स्लोभाकियाको मियावामा सम्बन्धित नगरपालिकाका प्रमुखहरू, उपस्थित सम्पूर्ण महानुभावहरू तथा आयोजकलाई भेट गरी नेपालमा साँस्कृतिक पर्यटन प्रबद्र्धन गर्न सकिने सम्भावना बारे तथा भविष्यमा यससम्बन्धी विशेष कार्यक्रमहरू सरकारी तथा गैरसरकारी निकायहरूको सहयोगमा गर्न सकिने बारेमा जानकारी दिएका थिए ।

साँस्कृतिक कार्यक्रमको आदान प्रदानले नेपाललाई विश्वसामु चिनाउन सहयोग पुग्नुका साथै नेपाल बुद्धको जन्मभूमि हो भनेर जानकारी दिनसमेत मद्दत पुग्ने एभरेष्ट नेपाल कल्चरल ग्रुपका प्रमुख आरसी कोइरालाले बताए । उनले साँस्कृतिक कार्यक्रमको प्रभाव जनस्तरसम्म पुग्ने र यस्ता कार्यक्रमलाई सरकारले पनि प्रबद्र्धन गर्नुपर्ने तर नेपाल सरकारको तर्फबाट प्रोत्साहन नहुँदानहुँदै पनि निजीस्तरबाट साँस्कृतिक राजदूतका रूपमा भए पनि मुलुक चिनाउने कार्यमा अलिकति भए पनि योगदान गर्न पाएकोमा आफूलाई गर्व लाग्ने गरेकोे बताए । उनले भविष्यमा पनि यस्ता साँस्कृतिक आदान प्रदानका कार्यक्रमहरू भइरहनेसमेत जानकारी दिए ।

एभरेष्ट नेपाल कल्चरल ग्रुप

सम्बन्धित समाचार