एसइईको नतिजा सार्वजनिक, कसरी हेर्ने नतिजा ? (विवरणसहित)

राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)को नतिजा सार्वजनिक गरेको छ । आज(बिहीबार) दिउँसो बसेको बोर्ड बैठकले नतिजा सार्वजनिक गर्ने निर्णय गरेको हो । परीक्षामा २२ हजार ४७५ जनाले ए प्सल ल्याएका छन् ।

अघिल्लो वर्ष ९ हजार ६३३ विद्यार्थीले ए प्सल जीपीए ल्याएका थिए । त्यस्तै ३.२ देखि ३.६० जीपीए ल्याउने परीक्षार्थीको संख्या ५५ हजार ६९ रहेको छ । गत चैत १७ गतेदेखि २९ गतेसम्म देशभरका दुई हजार ३७ परीक्षा केन्द्रमा सञ्चालित परीक्षामा सामुदायिक र संस्थागत विद्यालयका साधारणतर्फ कूल चार लाख ८५ हजार तीन सय ९६ विद्यार्थीको सहभागिता रहेको थियो ।



परीक्षामा दुई लाख ४२ हजार सात सय १२ जना छात्रा र दुई लाख ४२ हजार छ सय ७४ जना छात्रले भाग लिएको बोर्डको भनाइ छ । बोर्डका अनुसार प्राविधिक धारतर्फ १५ हजार चार सय ६१ जना परीक्षार्थी थिए ।

यसरी हेर्न सकिन्छ एसइईको नतिजा
एसइईको नतिजा परीक्षार्थीले बोर्डको वेबसाइटका साथै एसएमएस र आइभीआरबाट पनि हेर्न सकिने व्यवस्था गरेको छ । परीक्षा नियन्त्रक कार्यालयले नियमित तथा ग्रेडवृद्धि परीक्षाको नतिजा वेबसाइट, एसएमएस र आइभीआरबाट हेर्न सकिने जानकारी दिएको छ ।

नेपाल टेलिकम, जानकी टेक्नोलोजी प्रालि, इजी सर्भिस प्रालि, आकाश टेक प्रालिमा सर्टकोड हालेर नतिजा हेर्ने सकिनेछ । त्यस्तै राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, स्प्यारो पे प्रालि, निमा एडुकेशन फाउण्डेशन, कान्तिपुर पब्लिकेशन, द कनेक्ट प्लस प्रालि, इडियु सञ्जाल र रिडर्स पोइन्ट प्रालिले पनि नतिजा सार्वजनिक गर्ने बताइएको छ ।

यस्तो छ ग्रेड
ए प्लस जीपीए २२ हजार ४७५

जीपीए ३.२० देखि ३.६० सम्म ५५ हजार ६९

२.८० देखि ३.२० सम्म ७२ हजार ३६२

२.४० देखि २.८० सम्म ८९ हजार ३३१

२.०० देखि २.४० सम्म १ लाख २ हजार २९३

१.६० देखि २.०० सम्म ८८ हजार ४४७

१.२० देखि १.६० सम्म ३८ हजार ७७० र

०.८० देखि १.२० सम्म २२ सय जनाले प्राप्त गरेका छन् । यसवर्ष ननग्रेडेड हुनेमा १३ हजार नौ सय ९२ अर्थात् २.८९ प्रतिशत विद्यार्थी छन् ।

सम्बन्धित समाचार