एसिया कप क्रिकेट : उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्ने

एसिया कप क्रिकेटको खेल तालिका सार्वजनिक

एसिया कप क्रिकेटको को उद्घाटन खेलमा नेपालले पाकिस्तानसँग खेल्ने भएको छ । बुधबार एसीयन क्रिकेट काउन्सिल (एसीसी) ले सार्वजनिक गरेको खेलतालिका अनुसार उद्घाटन खेलमा नेपालले घरेलु टोली पाकिस्तानसँग खेल्ने भएको हो ।

आगामी भदौ १३ देखि ३१ गतेसम्म हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा रहेको छ । नेपालको समूहमा भारत र पाकिस्तान छन् । त्यस्तै समूह ‘बी’मा श्रीलङ्का, बङ्गलादेश र अफगानिस्तान छन् ।



उद्घाटन खेलमा नेपालले भदौ १३ गते पाकिस्तानसँग मुल्तान क्रिकेट रङ्गशालामा खेल्नेछ भने भदौ १६ गते भारतसँग श्रीलंकाको केन्डीमा खेल्नेछ । यस संस्करणको एसिया कप एकदिवसीय क्रिकेट प्रतियोगिता पाकिस्तान र श्रीलंकामा हुनेछ  । प्रतियोगिताका १३ खेलमध्ये चार खेल पाकिस्तानमा हुनेछ भने बाँकी नौ खेल श्रीलंकामा हुनेछन् ।

प्रत्येक समूहका विजेता र उपविजेता टोली सुपर फोरमा पुग्नेछन् । त्यसपछि शीर्ष दुई टोलीले फाइनल खेल्नेछन् ।

खेल तालिका

खेल तालिका

सम्बन्धित समाचार