हरिवंश आचार्यको ‘ए केटा मादलु पड्का’ सार्वजनिक (भिडियाेसहित)

हास्यकलाकार हरिवंश आचार्य र गायिका शान्तीश्री परियारद्वारा स्वरबद्ध गीत ‘ए केटा मादलु पड्का’ गीत सार्वजनिक भएको छ । कलाकार आचार्यले एक कार्यक्रण गर्दै गीत सार्वजनिक गरेका हुन् ।

आचार्यकै  शब्द, स्वर र सङ्गीत रहेको गीतमा चितवनको एउटा जमघटमा फुरेको लयलाई गीतको रूपमा दिएको हास्यकलाकार आचार्यले जानकारी दिए । चार महिनाअघि शान्तिश्रीसँगकै सहकार्यमा लोक लयको काउली गीत ल्याएका हरिवंश तत्काल नयाँ गीत ल्याउने तयारीमा थिएनन् । तर, चितवनको एउटा जमघटमा फुरेको लय गायक तथा निर्देशक सरोज वलीलाई सुनाउँदा तत्काल यो संयोजक जुरेको उनी बताउँछन् ।



गीतले चुनावमा हुने विकृतिलाई व्यङ्ग्य गरिएको छ । गीतको भिडियोमा हास्य कलाकार आचार्यसहित अभिनेत्री प्रियङ्का कार्की र सरोज ओलीको अभिनय देख्न सकिन्छ । गम्भीर विष्टले निर्देशन गरेको म्युजिक भिडियोमा नवराज उप्रेतीको छायांकन र भूपेन्द्र अधिकारीको सम्पादन रहेको छ ।

भिडियो –

 

सम्बन्धित समाचार