वान प्रपोजद्वारा क्यान्सरविरुद्ध प्रभावकारी कदम सञ्चालन

सामाजिक संस्था वान प्रपोजद्वारा नागर्जुन नगरपालिकास्थित सामुदायिक विद्यालय श्री जन उद्घार माध्यमिक विद्यालयमा विपन्न समुदायका महिलाहरु, विद्यालयका अभिभावकहरू तथा शिक्षिकाहरू गरी करिब १०० जनालाई पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सरको जनचेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कार्यक्रममा पाठेघरको मुखको क्यान्सर तथा स्तन क्यान्सर सम्बन्धित निःशुल्क प्रारम्भिक परीक्षण पनि गरिएको थियो ।

उक्त कार्यक्रममा ऋचा बजिमय स्मृति फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठले भने ‘क्यान्सरलाई समयमै पहिचान गरी उपचार गरेमा सजिलै निको पारी जीवन बचाउन सकिन्छ ।’



कार्यक्रमलाई सम्बोधन गर्दै आयोजक संस्था वान प्रपोजलका अध्यक्ष अनु महर्जनले हरेक परिवारको महिला सदस्यलाई स्वास्थ्य सम्बन्धित उचित शिक्षा प्रदान गर्न सके समुदायका हरेक घर स्वस्थ रहने र जस्तोसुकै प्राण घातक रोगबाट पनि बच्न सकिने जानकारी दिए । उनले कार्यक्रमको लागि विद्यालयको प्राङ्गण उपलब्ध गराई सहयोग गर्ने विद्यालयका प्रअ तथा सप्रअ लगायत सबैलाई धन्यवाद दिँदै भविष्यमा पनि स्वास्थ्यसम्बन्धि यस्ता जनचेतनामुलक कार्यक्रम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रमको आयोजना वान प्रपोजले गरेको थियो भने सह आयोजकमा ऋचा बजिमय स्मृति फाउण्डेसन रहेको थियो तथा सहयोगी संस्थाका रूपमा नेसनल हस्पिटल एण्ड रिसर्च सेन्टर रहेको थियो ।

कार्यक्रममा ऋचा बजिमय स्मृति फाउण्डेसनका अध्यक्ष दिपक श्रेष्ठले सहभागीहरूलाई प्रमाणपत्र वितरण गरेका थिए ।

सम्बन्धित समाचार