त्रिवि सेवा आयोगमा भएको तालाबन्दीप्रति संघको गम्भीर ध्यानाकर्षण

त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघले हालै एक विज्ञप्ति प्रकाशन गरी त्रिभुवन विश्वविद्यालय सेवा आयोगमा भएको तालाबन्दी तथा पदाधिकारीहरूमाथि गरिएको प्रवेश निषेधजस्ता गतिविधिप्रति संघको गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

त्रिवि प्राध्यापक संघका सभापति प्राडा वसन्त ढकालद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ– ‘केही समयदेखि त्रिभुवन विश्वविद्यालय सेवा आयोगको कार्यालयमा भएको तालावन्दी एवं पदाधिकारीहरूमाथिको प्रवेश निषेध जस्ता गतिविधिहरूप्रति त्रिभुवन विश्वविद्यालय प्राध्यापक संघ, केन्द्रीय समितिको गम्भीर ध्यानाकर्षण भएको छ । यता सेवा आयोग जस्तो निरन्तर सकृय रहनु पर्ने निकायमा पदाधिकारीहरूको नियुक्ति नै नेपाल सरकारबाट वषौं समय लगाउने र उता यस किसिमको स्वतन्त्र प्राज्ञिक संस्थामा पटक पटक तालावन्दी, प्रवेश निषेध र बन्द जस्ता क्रियाकलापले आयोगको नियमित कार्यमा अवरोध सृजना भई प्राध्यापक एवं कर्मचारीहरूको समयानुकूल वृत्ति–विकास र पदोन्नति साथै विश्वविद्यालय सेवामा आउन चाहने नयाँ दक्ष जनशक्ति उत्पादनमा प्रत्यक्ष असर परिरहेको तथ्य सबैलाई जानकारीनै छ ।



विधिसम्मत आफ्ना असहमतिहरूलाई प्रकट गर्ने वैधानिक बाटो आलम्बन गरी न्यायिक उपचारको खोजी गरिनु पर्नेमा तालाबन्दी, प्रवेश निषेध र बन्द जस्ता गतिविधिमा उत्रिनु कसैकालागि शोभनीय र हितकर हुँदैैन ।

तसर्थ विश्वविद्यालय तथा यस अन्तर्गतका निकायहरूलाई प्रतिकूल प्रभाव पार्र्ने यस्ता क्रियाकलापहरू नगर्न र वार्ता, सहमति र संवादको माध्यमले यस्ता गतिविधिहरूलाई नियन्त्रण गर्ने वातावरणको निर्माण गरी समस्याको दिगो समाधान गर्न त्रिवि प्राध्यापक संघ नेपाल सरकार लगायत त्रिवि प्रसाशन र सम्वन्धित सरोकारवाला सवै पक्षहरूसँग हार्दिक अपिल गर्दछ ।’

विज्ञप्ति

विज्ञप्ति

 

सम्बन्धित समाचार