राज सिग्देलको ‘हजुर नै त हो’ सार्वजनिक (भिडियोसहित) 

राज सिग्देलको स्वर तथा संगीत र केपी खतविडाको शब्द रचना रहेको गीत ‘हजुर नै त हो’ सार्वजनिक भएको छ । गीत आइतबार राज सिग्देल मेलोडी यूट्युब च्यानलबाट सार्वजनिक गरिएको हो ।

एच.बि.एन. किस्मतको संगीत संयोजक रहेको गीतको भिडियोमा देबेन्द्र बब्लु र लालना चिमरियाको अभिनय देख्न सकिन्छ । पवन सुस्लिङले छायांकन गरेको भिडियोमा समुन्द्र भण्डारीको श्रृंगार र नवीन घर्ती मगरको सम्पादन रहेको छ । त्यस्तै भिडियोको कोरयिोग्राफर र निर्देशन मौसम हिमालीले गरेका छन् ।



सानैदेखि साहित्य सिर्जनामा सक्रिय संगीतकार खतिवडाको यस अघि पनि गीत/गजलहरु सार्वजनिक भइसकेका छन् । प्रेममा आधारित उक्त गीतले युवापुस्तामा राम्रो प्रभाव पार्ने आंकलन गरिएको छ । साथै उक्त भिडियोले दर्शकको राम्रो प्रतिक्रिया पाइरहेको छ ।

भिडियो –

सम्बन्धित समाचार