नवकान्तिपुर संवाददाता
काठमाडौं, २८ असोज ।
देशका विभिन्न स्थानबाट जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् । ४५ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा झापा, मेचिनगर नगरपालिका-११ बाँसबारी टोल बस्ने २६ वर्षीय करण कवरलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
करणले ती महिलालाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय धुलाबारीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यसैगरी १५ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा धनकुटा महालक्ष्मी नगरपालिका-६ घर भई हाल झापा बिर्तामोड नगरपालिका-६ श्यालडाँगी बस्ने २७ वर्षीय प्रकाश तामाङलाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।
तामाङले ती किशोरीलाई जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।