नवकान्तिपुर संवाददाता
काठमाडौं, ३० असोज ।
हाल नेपालमा पश्चिमी वायूको प्रभाव रहेको छ । हाल देशभर आंशिक देखी सामान्य बदली रही बागमती प्रदेशको केही स्थानहरुमा मेघगर्जन/चटयाङ सहित हल्का देखि मध्यम वर्षा भैरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभाग अनुसार आज (मंगलबार) देशभर आंशिक देखि सामान्य बदली रहनेछ । कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका केही र तराईका एक-दुई स्थानहरूमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका केही स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ ।
यस्तै आज राति सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा आंशिक देखि सामान्य बदली रही बाँकी भू-भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहनेछ। देशका पहाडी भू-भागका एक-दुई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ ।
कोशी, बागमती प्रदेश लगायत देशका पहाडी भू-भागका केही र तराईका एक-दुई एक-दूई स्थानमा मेघगर्जन/चट्याङ्ग सहित हल्का वर्षाको सम्भावना रहेको छ । देशको उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानहरुमा हल्का हिमपातको संभावना रहेको छ।वर्षा तथा हिमपातका कारण जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधाका साथै चट्याङ्गको जोखिमबाट हुन सक्ने क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन हुन महाशाखाले अनुरोध गरेको छ ।