अपी हिमाल चिनाउने भिडियो सार्वजनिक (भिडियोसहित) 

दार्चुला जिल्लामा पर्ने सुदूरपश्चिमको सबैभन्दा अग्लो हिमशृङ्खला अपी हिमालमा पहिलो पटक छायाङ्कन गरिएको म्युजिकल फिल्म ‘आए म त’ सार्वजनिक भएको छ । मौसमका कारण धेरै एडभेन्चर शो हरुले समेत छायांकन गर्न नसकेको करिब ७,१३२ मिटर उचाई रहेको हिमालको बेस क्याम्पमा भिडियोको टिम पुर्याएर कलाकार एबम निर्देशक राजु भट्टले भिडियो सुटिङ गरेका हुन् ।

काठमाण्डौको बसन्तपुर देखि दार्चुलाको अपी हिमाल सम्मको दृश्यहरु समेटेर तयार पारिएको भिडियो निर्माण गर्न २ हप्ता लागेको गायक एबम निर्देशक भट्टले जानकारी दिए ।



धनगढीकी स्थानिय कलाकार बोन्दिता धामी र दार्चुला अपीका स्थानियको साथमा राजु भट्टको अभिनय रहेको भिडियोले नेपालको प्राकृतिक सौन्दर्यता र गाउँको जनजीवनलाई  एउटा दरिलो श्रव्य दृश्य मार्फत प्रस्तुत गरेको छ ।

दुई युवाहरु सिनेमाटोग्राफर केशव पाण्डे र निर्देशक भट्टको एउटा अथक मेहनतबाट तयार भिडियो हेर्दा दार्चुलाको अपी क्षेत्र लगायत् समग्र नेपालको पर्यटन क्षेत्रको लागि एउटा कोसेढुंगाको काम गर्ने देखिन्छ । संसारभर नै पछिल्ल्लो समय युवाहरुको रोजाईमा एडभेन्चर, ट्रेकिंङ एवं ट्राभलिङ सम्बन्धीको फिल्म एवं कार्यकमहरु पर्ने गरेकोमा यस म्युजिकल फिल्मले नेपालको आन्तरिक एवं बाह्रय पर्यटनको विकासमा महत्त्वपूर्ण भूमिका खेल्ने देखिन्छ ।

म्युजिक नेपालको युट्युब च्यानल मार्फत सार्वजनिक ‘आए म त’ भिडियो मोबाइल एप्स मोमो एपमा समेत उपलब्ध छ । भिडियो समग्र दार्चुला जिल्ला र अपी गाउँपालिकाको प्रचार प्रसार माध्यम बन्ने देखिन्छ ।

राजु भट्टको आफ्नै शब्द ,संगीत र  मानश्वी मालाकारको एरेन्ज रहेको ‘आए म त’ गीतमा राजु र ममता गुरुङको स्वर रहेको छ ।

भिडियो –

सम्बन्धित समाचार