मेनुका पौडेलद्वारा स्वरबद्ध भारतीय फिल्म ‘सलार’को गीत सार्वजनिक (भिडियोसहित)

इण्डियन आइडल सिजन १४ मा उत्कष्ट प्रदर्शन गर्दै सबैको मन जितेकी नेपालकी मेनुका पौडेलद्वारा स्वरबद्ध भारतीय फिल्म ‘सलार’मा समावेश गीत सार्वजनिक भएको छ ।

पौडेलद्वारा स्वरबद्ध भारतीय चलचित्र ‘सलार’मा समावेश गीत ‘सुरज ही चाहो बन्के…’ बोलको युट्युवमा सार्वजनिक भएको हो । यो गीत पौडेलले केही दिनअघि रेकर्ड गरेकी थिइन् । यो गीतसँगै औपचारिकरुपमा मेनुकाले भारतीय फिल्मको पाश्र्वगायनमा डेब्यु गरेकी छन् ।



लिरिकल शैलीमा तयार पारिएको गीतमा प्रभास र पृथ्वीराज सुकुमारणलाई चित्रण गरिएको छ । रवि बसरुरले संगीतबद्ध गरेको गीतमा रिया मुखर्जीको शब्द रचना रहेको छ । यो फिल्म यही डिसेम्बर २२ मा प्रदर्शन हुने तयारीमा छ ।

भिडियो –

 

सम्बन्धित समाचार