नेपालमा पहिलो पटक नृत्य निर्देशकहरुको अवार्ड कार्यक्रम सम्पन्न

नेपालमा पहिलो पटक नृत्य निर्देशकहरुको अवार्ड ‘प्रथम एनडिए नृत्य निर्देशक अवार्ड-२०८०’ को आयोजना भएको छ । नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरवबहादुर थापाको प्रमुख आतिथ्यतामा तथा एनडिएका अध्यक्ष देवराज गुरुङको अध्यक्षतामा काठमाडौं राष्ट्रिय नाचघर जमलमा अवार्ड कार्यक्रम आयोजना गरिएको थियो । उक्त कार्यक्रममा २४ नृत्य विधामा अवार्ड प्रदान गरिएको थियो ।

संस्थाका निर्देशक छिरिङ लामाको स्वागत मन्तव्यसहित शुरु भएको कार्यक्रममा दिवंगत नृत्य निर्देशकहरुको सम्झनामा उनीहरुको आत्मा शान्तिको लागि मौन प्रार्थना गरिएको थियो । कार्यक्रममा नृत्याङ्गना आशिका श्रेष्ठले नेपाली शास्त्रीय चर्या कुमारी नृत्य गरेर अतिथिको स्वागत गरेकी थिइन् ।



नेपालमा पहिलो पटक नृत्य निर्देशकहरुको अवार्ड कार्यक्रम सम्पन्न

प्रमुख अतिथीको रुपमा सम्बोधन गर्दै नेपालकै पहिलो नृत्य निर्देशक एंव नृत्य सम्राट भैरवबहादुर थापाले आफ्नो जीवनकालमा नृत्य निर्देशकहरुको हौसला बढाउनका निम्ती आयोजना गरेको अवार्ड कार्यक्रम शुरुवात भएकोमा खुशी व्यक्त गरेका थिए ।

नृत्य सम्राट थापाले अवार्ड प्राप्त गर्नेहरुलाई शुभकामना एंव बधाई ज्ञापन गर्दै राज्यले गर्नुपर्ने काम एनडिएले गरेकोमा हार्दिकताका साथ धन्यवाद दिदै नृत्य निर्देशकहरुलाई राज्यले उचित स्थान दिनुपर्ने बताएका थिए ।

संस्थाका प्रवन्ध निर्देशक केशव कोइरालाले नृत्य निर्देशकहरुलाई समेटिएर आयोजना गरिएको यो अवार्ड विश्वमा नै पहिलो हुन सक्ने दाबी गरे। कार्यक्रममा चलचित्र नृत्य निर्देशक कमल राइ, नृत्य निर्देशक संघ नेपालका अध्यक्ष भुवनदास श्रेष्ठ, एभरेष्ट नेपाल कल्चरल ग्रुपका संस्थापक अध्यक्ष तथा वरिष्ठ नृत्य निर्देशक डा. आरसी कोइराला ‘रामचन्द्र’ वरिष्ठ नृत्य निर्देशक जोगेन्द्र केसी, नृत्य निर्देशक संघ नेपालका उपाध्यक्ष शम्भु शाही लगायत अन्य व्यक्तिहरुको उपस्थिती रहेको थियो ।

कार्यक्रममा एनडिए डान्स स्टुडियो र ड्रीम्स एण्ड डान्सका कलाकारहरु र गायक मदनकुमार थापाले साङ्गितिक प्रस्तुती प्रस्तुत गरेका थिए ।

अवार्ड कार्यक्रमको मनोनितका लागि निर्णयक समुहमा नृत्य निर्देशकहरु शम्भु शाही, गोबिन्द प्रभात र कृष्ण रसाल रहेका थिए भने अन्तिम फाईनलका लागि निर्णयकहरुमा वरिष्ठ नृत्य निर्देशकहरु क्रमशः भुवनदास श्रेष्ठ, कमल राई, डा.आर.सी. कोइराला, रोचक थापा, जोगेन्द्र केसी र प्रदिप रमण सिं डङ्गोल रहेका थिए ।

कुन कुन विधामा कसले पाए अवार्ड ?
उत्कृष्ट तामाङ जातीको लोक नृत्य निर्देशक (जुरी) अवार्ड-निरु फुयाल,उत्कृष्ट थकाली नृत्य निर्देशक अवार्ड – सोनु लामा, उत्कृष्ट राई जातीको लोक नृत्य निर्देशक- नविना केसी, उत्कृष्ट हुडकेली नृत्य निर्देशक पब्लिक च्वाईस अवार्ड – मनु लिम्बु, उत्कृष्ट झिझिया नृत्य निर्देशक अवार्ड – नारायणी थापा मगर, उत्कृष्ट शेब्रु नृत्य निर्देशक अवार्ड – निर्जला राई, उत्कृष्ट कौडा नृत्य निर्देशक पब्लिक च्वाईस अवार्ड – पर्सन गुरुङले प्राप्त गरेका छन् ।

त्यस्तै उत्कृष्ट थारु नृत्य निर्देशक अवार्ड – दिलबहादुर सुनार, उत्कृष्ट नेवारी नृत्य निर्देशक अवार्ड – रबिन्सन श्रेष्ठ, उत्कृष्ट तीज नृत्य निर्देशक अवार्ड – सितामाया श्रेष्ठ, उत्कृष्ट मारुनी नृत्य निर्देशक – ममता राई, उत्कृष्ट टप्पा नृत्य निर्देशक पब्लिक च्वाईस अवार्ड – आकृती गुरुङ, उत्कृष्ट छलिया नृत्य निर्देशक अवार्ड – सिर्जना माया लामा, उत्कृष्ट धिमाल नृत्य निर्देशक पब्लिक च्वाईस अवार्ड – नरेश घले, उत्कृष्ट श्रेब्रु नृत्य निर्देशक जुरी अवार्ड – सुनिल गिरी, उत्कृष्ट झिझिया जातीको नृत्य निर्देशक पब्लिक च्वाईस अवार्ड – किसन बहादुर नेम्वाङ, उत्कृष्ट कौडा नृत्य निर्देशक अवार्ड – अस्मिता पराजुलीले प्राप्त गरेका थिए ।

त्यस्तै उत्कृष्ट तामाङ नृत्य निर्देशक अवार्ड – सरस्वती पोखरेल, उत्कृष्ट टप्पा नृत्य निर्देशक अवार्ड – मन्दिरा न्यौपाने, उत्कृष्ट हुडकेली नृत्य निर्देशक अवार्ड – लक्ष्मी पुरी, उत्कृष्ट धिमाल नृत्य निर्देशक अवार्ड – हिरा तामाङ, सर्वोत्कृष्ट नृत्य निर्देशक पब्लिक च्वाईस अवार्ड – मनाङ गुरुङ, सर्वोत्कृष्ट नृत्य निर्देशक जुरी अवार्ड – दिवस गिरी, सर्वोत्कृष्ट नृत्य निर्देशक अवार्ड – युवराज गुरुङ्ले प्राप्त गरेका छन् ।

सम्बन्धित समाचार