भारतपछि नेपालमा पनि भेटियो कोभिडको नयाँ भेरियन्ट जेएन.वान

ओमिक्रोनको नयाँ सबभेरियन्ट जेएन.वान नेपालमा पनि पुष्टि भएको छ । देशका विभिन्न भागबाट सङ्कलन गरिएका १६ वटा पिसिआर तथा एन्टिजेन पजिटिभ नमुना परीक्षण गर्दा सात नमुनामा जेएन.वान देखिएको हो ।

छिमेकी देश भारतमा जेएन.वान धेरै फैलिएपछि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाले नमुना परीक्षण गरेको थियो । नयाँ भेरियन्ट पुष्टि भएपछि स्वास्थ्य मन्त्रालयले सोमबार विज्ञप्ति जारी गर्दै सीमा प्रवेश विन्दुमा स्क्रिनिङ र निगरानी बढाउन हेल्थ डेस्क र स्वास्थ्य कार्यालयलाई निर्देशन दिएको थियो ।



गत सेप्टेम्बर महिनामा अमेरिकामा पहिलोपटक देखिएको जेएन.वान पछिल्लोपटक महामारीको रूप लिएको ओमिक्रोनको सबभेरियन्ट हो । सुरुवाती दुई महिना संक्रामक नदेखिए पनि डिसेम्बरपछि यो भाइरस तीव्र रूपमा फैलिन थालेको हो । वृद्धवृद्धामा जोखिम मानिएको जेएन.वान पछिल्ला अन्य भेरियन्टहरूको तुलनामा संक्रामक मानिए पनि अस्पताल भर्नादर र मृत्युदर भने निकै न्यून छ ।

 

सम्बन्धित समाचार