‘द भ्वाइस अफ नेपाल सिजन–५’ को उपाधि बिनोद राईलाई

बिनोद राई चर्चित रियालिटी शो ‘द भ्वाइस अफ नेपाल सिजन–५’ को विजेता बनेका छन् । राई कोच मिलन नेवारका टिम हुन् ।

बिनोद राईले उपाधि सहित नगत २० लाख हात पारेका छन् । राइले मकरबहादुर योन्जन , कुमार प्रयास राई  र नोगेन लिम्बुलाई पछि पार्दै उपाधि जितेका हुन् । राईसँगै यी चारै जना फाइनलिस्टले द भ्वाइसकाे ट्रफी पाएका छन् ।



मकरबहादुर योन्जन फस्ट रनरअप, कुमार प्रयास राई सेकेण्ड रनरअप र नोगेन लिम्बु थर्ड रनरअप घोषित भए ।विजेताको निर्णय एक सातासम्म दर्शकले गरेको भोटका आधारमा भएको थियो ।

उपाधि जितेसँगै टिम मिलनको प्रतिस्पर्धीले पहिलो पटक पटक द भ्वाइस अफ नेपालको टाइटल जितेका छन् । हिमालय टेलिभिजनका अध्यक्ष धर्मराज भुषाल लगायतका अतिथिले विजेतालाई पुरस्कार प्रदान गरेका थिए  ।

गोदावरीको सनराइज हलमा  ग्राण्ड फिनाले भएको थियो । फिनालेमा कोच मिलन नेवार, उदय सोताङ, प्रमोद खरेल र राजेशपायल राईले आफ्नो टिमका फाइनलिस्टसँगै प्रस्तुति दिए ।

 

सम्बन्धित समाचार