गायिका समीक्षा अधिकारीले बलात्कारी पनि दुई प्रकारका हुने रहेछन् भनेपछि…

गायिका समीक्षा अधिकारीले बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेको बताएकी छिन् । शनिबार सामाजिक सञ्जाल फेसबुकमा एक स्टाटस लेख्दै यस्तो बताएकी हुन् ।

उनले बलात्कारीहरू फाँसीको लायक भएको पनि बताएकी छन् । त्यस्तै गायिका अधिकारीले चितवनको एक होस्टलमा मृत फेला परेकी १४ वर्षीया छात्रा शालिन पोखरेलको न्यायका लागि माग गर्दै उक्त मृत्यु प्रकरणको सत्यतथ्य अविलम्ब सार्वजनिक गर्न सरकारसँग जोडदार माग गरेकी छिन् ।



उनले फेसबुकमा लेखेकी छन्, ‘बलात्कारी पनि समाजमा दुई प्रकारका हुने रहेछन् । पहिलो माया र करुणाको नाटक गर्ने बलात्कारी, जसले जिउँदै त छाड्छन् तर जीवनभर मार्छन् । दोस्रो जबरजस्ती गर्ने बलात्कारी, जसले न जिउँदो छाड्छन्, न प्रमाण छाड्छन् । यी दुवै फाँसीका लायक छन् ।’

सम्बन्धित समाचार