मृत अवस्थामा दुई जना फेला

देशका विभिन्न स्थानबाट मृत अवस्थामा दुई जना फेला परेका छन् । दार्चुला, महाकाली नगरपालिका-५ ठड्याकाठोस्थित महाकाली नदीमा भारत पिथौरागढ जिप्टी रक्षाताल बस्ने २५ वर्षीय प्रेम सिंह नेगी बिहीबार मृत अवस्थामा फेला परेका छन् ।

त्यस्तै सुनसरी, कोशी गाउँपालिका-७ सुकुम्बासी बस्ति नजिक खुल्ला चौर छेउमा हाल नाम, थर, वतन नखुलेकी अन्दाजी ६० वर्षीया महिला बिहीबार मृत अवस्थामा फेला परेकी छिन् ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार