सवारी दुर्घटनामा दुई जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । धनुषा, सबैला नगरपालिका-८ ठिल्लास्थित सडकमा ज.९ प १४४९ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई बिहीबार दिउँसो दुर्घटना हुँदा मोटरसाइकलमा सवार सोही नगरपालिका-९ भठियन बस्ने ६० वर्षीया सोनाघारी कापरको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । त्यस्तै महोत्तरी, सम्सी गाउँपालिका-६ चाँदनीस्थित सडकमा साइकल आफै अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा साइकल चालक भारत सितामढी भेडियाही ग्राम पञ्चायत-७ भगवतिपुर बस्ने २० वर्षीय मो।साहिदको घटनास्थलमै मृत्यु भएको छ ।



दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार