हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु, छ घाइते

हुम्लामा जिप दुर्घटना हुँदा दुई जनाकाे मृत्यु भएको छ भने छ जना घाइते भएका छन् । शनिबार दिउँसो चार बजेतिर सु प प ००१ ज ११८३ नम्बरको जिप हुम्लाको दक्षिण भेगमा पर्ने अदानचुली गाउँपालिका-४ मा दुर्घटना भएको हो ।

जिप पाम्सको मोडमा दुर्घटना भएको हो । दुर्घटनामा परी  मृत्यु हुनेमा अदानचुली गाउँपालिका-५, का अन्दाजी ३५ वर्षीय फागुने लाेहार र १३ वर्षीय प्रवेश ऐडी रहेका छन् । उनीहरूको घटनास्थलमै‌ मृत्यु भएको प्रहरीले जनाएको छ ।



दुर्घटनास्थलमा अहिले घाइतेको उद्धार भइरहेको छ । दुर्घटनाबारे विस्तृत जानकारी प्राप्त नभइसकेको प्रहरीको भनाइ छ ।

सम्बन्धित समाचार