कौडा खेलिरहेको अवस्थामा पाँच जना पक्राउ

काभ्रे, धुलिखेल नगरपालिका-९ ढुङगाखानीस्थित शुभान होटलमा कौडा खेलिरहेको अवस्थामा सोही नगरपालिका-१० बस्ने ४० वर्षीय अमृत लामा सहित ५ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको प्रहरीले उनीहरूलाई नगद २० हजार ६ सय ८० रूपैयाँ र कौडा १५ वटासहित पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार