ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने उद्योग मुद्दाका फरार प्रतिवादी सिरहा गोलबजार नगरपालिका-६ जमदह बस्ने २४ वर्षीय रविन कुमार लामालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक माथि कुटपिट भएको घटनामा जिल्ला अदालत काठमाडौंबाट २०८० मंसिर ७ गते लामा समेतलाई ज्यान मार्ने उद्योग मुद्दामा जनही २ वर्ष कैद र २० हजार जरिवाना सजाय फैसला भई फरार रहेका उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंबाट खटिएको प्रहरीले काठमाडौं कपनबाट पक्राउ गरेको हो ।



उनलाई फैसला कार्यान्वयनको लागि जिल्ला अदालत काठमाडौं पठाइएको छ ।

सम्बन्धित समाचार