आगलागीमा जलेर मृत्यु

दोलखा, बिगु गाउँपालिका-८ खोवाचाँगु ठुलोधारास्थित जस्ताको टहरामा सोही ठाउँ बस्ने ८३ वर्षीय खड्क बहादुर श्रेष्ठको किराना पसलमा गएराति आगलागी हुँदा उक्त आगलागीमा जलेर खड्क बहादुरको मृत्यु भएको छ ।

आगलागीबाट पसल पूर्णरूपमा जलेर करिब ४ लाख रूपैयाँ बराबरको धनमाल नष्ट भएको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।



सम्बन्धित समाचार