सवारी दुर्घटनामा दुई जनाको मृत्यु

देशका विभिन्न स्थानबाट भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । मोरङ, कानेपोखरी गाउँपालिका-७ स्थित सडकमा मे.१ ख ३३७२ नम्बरको बसले प्र.१-०२-०४८ प ७२४६ नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार सुनसरी इटहरी उपमहानगरपालिका-८ बस्ने ४४ वर्षीया मन्जु कटुवालको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएकी उनको न्यूरो अस्पताल बिराटनगरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकल चालकको सोही अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।



त्यस्तै धनकुटा, धनकुटा नगरपालिका-६ स्थित सडकमा रोकी राखेको बा.प्र.०१-००६ ख ४६५२ नम्बरको ट्रकमा बा.प्र.०१-०२६ च ८९९२ नम्बरको पिकअप गाडी ठक्कर खाई बिहीबार दिउँसो दुर्घटना हुँदा ट्रकका चालक सोही नगरपालिका-९ गुठिटार बस्ने सिरहा लाहान गोलबजार घर भएका ३० वर्षीय निरज ठकुरीको घटनास्थलमै मृत्यु भएको छ ।

पिकअप गाडी उक्त ट्रकमा ठक्कर खाई म.प्र ०३-००१ ख ८२९५ नम्बरको लहरी ट्रक र सोही ठाउँ पार्किङ गरि राखेको को।३० प ९५२१ नम्बरको स्कुटर समेतलाई ठक्कर दिई दुर्घटना भएको थियो । पिकअप गाडीका चालकलाई प्रहरी नियन्त्रणमा लिएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार