आफ्नै श्रीमतीको हत्या गरेको अभियोगमा पक्राउ

आफ्नै श्रीमती २४ वर्षीया आशिका चौधरीको हत्या गरेको अभियोगमा कञ्चनपुर, भिमदत्त नगरपालिका-१८ सालघारी बस्ने ३४ वर्षीय बलराम थारुलाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

बलरामले कुटपिट गर्दा आशिका गम्भीर घाइते भएकी भन्ने खबर प्राप्त हुनासाथ अस्थायी प्रहरी बिट सालघारी र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो ।



कुटपिटबाट गम्भीर घाइते भएकी आशिकाको महाकाली प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार