नवकान्तिपुर संवाददाता
काठमाडौं, २१ चैत ।
मृत अवस्थामा देशका विभिन्न स्थानबाट चार जना फेला परेका छन् । रामेछाप, रामेछाप नगरपालिका-८ भट्टटारस्थित सुनकोशी नदी किनारमा सोही नगरपालिका-९ छाप सिमेन्ट बस्ने ३२ वर्षीय सुबास तामाङ मंगलबार मृत अवस्थामा फेला परेका छन् ।
शनिबार दिउँसो पौडी खेल्ने क्रममा नदीमा डुबेर बेपत्ता भएका उनको उक्त नदीको किनारमा शव फेला परेको हो ।त्यस्तै दोलखा, बिगु गाउँपालिका-४ फिस्टेढुंगास्थित सडकमा सोही गाउँपालिका-३ माहांकाल बस्ने ७४ वर्षीया नेतर्नी लामा सोमबार मृत अवस्थामा फेला परेकी छिन् । उनलाई काठमाडौंबाट बुलुङतर्फ जाँदै गरेको बा.३ ख ६३७४ नम्बरको बसले ठक्कर दिएको भन्ने बुझिन आएकोले बस र बसका चालकलाई प्रहरीले आवश्यक अनुसन्धानको लागि नियन्त्रणमा लिएको छ ।
यस्तै पर्वत, जलजला गाउँपालिका-२ राम मन्दिर बस्ने ६९ वर्षीय सूर्य बहादुर घर्ती र उनकै श्रीमती ६७ वर्षीया कमला घर्ती आफ्नै घरमा मंगलबार मृत अवस्थामा फेला परेका छन् । यता काठमाडौं महानगरपालिका-३१ भत्केको पुल मुनि करिडोर सडकमा हाल नाम, थर, वतन नखुलेका अन्दाजी ५५ वर्षीय पुरूष मंगलबार मृत अवस्थामा फेला परेका छन् । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।