‘जादु छ कि त्यो नजरमा’ भाइरल बन्दै (भिडियोसहित)

डा. आरसी कोइराला ‘रामचन्द्र’ को शब्द तथा निर्देशनमा ‘जादु छ कि त्यो नजरमा’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको केही दिनमै १ लाख ४० हजारभन्दा बढीले अवलोकन गरेका छन् ।

ग्रीसको विभिन्न ठाउँमा छायाङ्कन गरिएको यस गीतमा कलाकार तथा मोडेल सीतल आचार्य र कलाकार कृष्ण रेउलेको अभिनय रहेको छ ।लोकप्रिय गायक हेमन्त शर्माको सुमधुर आवाज रहेको गीतमा वरिष्ठ सङ्गीतकार बिबी अनुरागीको संगीत रहेको छ ।



केही अन्तर्राष्ट्रिय म्युजिक भिडियोको समेत निर्देशन गरिसकेका डा. कोइरालाको यस म्युजिक भिडियोलाई आरएस फिल्मस् म्युजिक अफ नेपालीले डिजिटल बजारमा ल्याएको हो ।

भिडियो –

सम्बन्धित समाचार