नवकान्तिपुर संवाददाता
काठमाडौं, २७ चैत ।
आफ्नै बुबा ५० वर्षीय युवराज राईको हत्या गरेको अभियोगमा संखुवासभा, पाँचखपन नगरपालिका-२ गैरीगाँउ बस्ने २८ वर्षीय सुमन राईलाई सोमबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
उनीहरूबीच वादविवाद भई सुमनले कुटपिट गर्दा गम्भीर घाइते भएका युवराजको स्वास्थ्य चौकी स्याबुन हुँदै जिल्ला अस्पताल खाँदबारीमा थप उपचारको क्रममा मृत्यु भएको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।