जुवातास खेलिरहेको अवस्थामा ८ जना पक्राउ

ललितपुर,गोदावरी नगरपालिका-१२ ठेचो दुरिखेल बस्ने ३२ वर्षीय रमेश खत्रीको घरमा जुवातास खेलिरहेको अवस्थामा रमेश समेत ८ जनालाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

प्रहरी वृत चापागाउँ खटिएको प्रहरीले नगद ३२ हजार ५ सय ३५ रूपैयाँ र २ बुक ताससहित उनीहरूलाई पक्राउ गरेको हो ।



यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।

सम्बन्धित समाचार