सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

देशका छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । मोरङ, बुढिगंगा गाउँपालिका-१ टपु टोलमा प्र.१-०२-०५०प ६९७३ नम्बरको मोटरसाइकलले रोकी राखेको को.२ ह २०८ नम्बरको सिटी सफारीमा ठक्कर खाई बुधबार बिहान दुर्घटना हुँदा मोटरसाइकल चालक बिराटनगर महानगरपालिका-४ खार्जी बस्ने २० वर्षीय करण मण्डलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको बिराट मेडिकल कलेज गंगाचोकमा उपचारको क्रममा मृत्यु भएको हो ।सिटी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । त्यस्तै अर्घाखाँची, पाणीनी गाउँपालिका-८ पोल डाँडास्थित सडकमा ग.३ च ४५७४ नम्बरको कार अनियन्त्रित भई सडकबाट करिब १ सय ५० मिटर तल खसेर बुधबार बिहान दुर्घटना हुँदा चालक भुमिकास्थान नगरपालिका-८ किमडाँडा बस्ने ३४ वर्षीय ईश्वरी क्षेत्रीको छोरा ६ वर्षीय आराम्भ क्षेत्रीको मृत्यु भएको छ ।



दुर्घटनामा गम्भीर घाइते भएका उनको जिल्ला अस्पताल सन्दीखर्कमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका कारमा सवार अन्य ७ जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस्तै नवलपरासी पश्चिम, बर्दघाट नगरपालिका-४ बासखोलामा ना.८ ख ३४०९ नम्बरको टिपरले बा.७२ प ७१५७ नम्बरको मोटरसाइकल, लु.९५ प ८४८८ नम्बरको स्कुटर र ना.७ ख ४९६६ नम्बरको बसलाई समेत ठक्कर दिँदा मोटरसाइकल चालक तनहुँ आबुखैरेनी नगरपालिका-६ बस्ने ३४ वर्षीय उज्वल गुरुङको मृत्यु भएको छ ।

ठक्करबाट गम्भीर घाइते भएका उनको भैरहवा मेडिकल कलेज रुपन्देहीमा उपचारको क्रममा मृत्यु भएको हो । हाल फरार टिपर चालकको प्रहरीले खोजी गरिरहेको छ । उता दाङ, घोराही उपमहानगरपालिका-१७ बेलबासस्थित सडकमा ना.६ ख १४८६ नम्बरको बसले लु.४१ प ८०९२ नम्बरको मोटरसाइकललाई मंगलबार राति ठक्कर दिँदा मोटरसाइकल चालक सोही ठाउँ बस्ने २३ वर्षीय सौगात वलीको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य बिज्ञान प्रतिष्ठान घोराही उपचारको क्रमममा मृत्यु भएको छ । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनाको उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । यता कैलाली, गोदावरी नगरपालिका-३ दमौरास्थित सडकमा सु.प.प्र.०१००८ प २७४५ नम्बरको मोटरसाइकल मंगलबार राति अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालक सोही नगरपालिका-३ बस्ने ३३ वर्षीय लक्ष्मण भुलको मृत्यु भएको छ ।

दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार अन्य १ जनालाई उपचारको लागि मायामेट्रो अस्पताल धनगढी पठाइएको छ । दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।a

सम्बन्धित समाचार